प्रकाश सपुतमाथि आक्रमणको घटनाबारे कूटनीतिक नियोगलाई ध्यानकर्षण
काठमाडाैं | असार ११, २०८०
काठमाडौं: गायक प्रकाश सपुतमाथि रोमानियाको कन्सर्टमा भएको आक्रमणको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले भर्त्सना गरेको छ ।
अध्यक्ष रीता थापामगरले सोमबार विज्ञप्ति जारी गर्दै घटनालाई लिएर त्यहाँस्थित कूटनीतिक नियोग र प्रतिष्ठानको युरोप शाखाको समेत ध्यानाकर्षण गराएको जनाएकी छन् ।
संस्थाका सचिवसमेत रहेका गायक सपुतमाथि गीत गाउने क्रममा भएको बोतल प्रहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘यस्ता घटनाले कलाकारको मनोबल गिर्नुको साथै नेपाली दाजुभाइबाट हुने यस्ता अवाञ्छित क्रियाकलापले सबै नेपाली कलाकारको मन दुखेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संस्थाले दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दै घटनालाई दोहोरिन नदिन आयोजकलाई समेत आग्रह गरेको छ । नेपाली समयानुसार सोमबार बिहान युरोपेली मुलुक रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रमको क्रममा सपुतमाथि दर्शक दीर्घाबाट बियरको बोतल प्रहार भएको थियो । यो घटनामा सपुतको अनुहारमा सामान्य चोट लागेको जनाएको छ । आधा घण्टा कार्यक्रम बिथोलिएको र त्यसपछि कार्यक्रम सुचारु भएको जनाइएको छ ।
याद नेपाली म्युजिक फेस्टिभल भाग २ नाम दिइएको उक्त कार्यक्रमको घटनाका दोषीलाई तत्कालै आयोजकले नियन्त्रणमा लिएका थिए । उक्त कार्यक्रममा गायिका प्रीति आले समेत सहभागी थिइन् । यो घटनालाई लिएर नेपाली संगीतकर्मीले आपत्ति व्यक्त गरिरहेका छन् ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

